Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२: यूएईले दियो नेपाललाई १६९ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईले नेपाललाई १६९ रनको मध्यम लक्ष्य दिएको छ।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरको खेलमा ४६.३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ६८ रन बनायो।

यूएईका लागि रोहण मुस्तफा र चुन्दागोपोईल रिजवानले सर्वाधिक ४० रनको योगदान दिए।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। यस्तै, करण केसीले ३ तथा कप्तान सन्दीप लामिछाने, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान एक-एक विकेट लिए।

खेलमा अहिले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा नेपालले ३ ओभरको समाप्तिमा ११ रन जोडेको छ। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख बुअक्तिगत क्रमश: ८ र ३ रनमा खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077