Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन–रुस युद्धबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शुक्रवार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले भिडियो कुराकानी गरेको दुवै पक्षका अधिकारीले जनाएका छन् ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थिए ।

अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेको जनाइएको छ ।

राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताएका थिए ।

उनीहरूले रुस–यूक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्नु गरैको सरकारी अधिकारीले उल्लेख गरेका छन् । अमेरिका–चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077