Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । आज देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । अन्य भेगको मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिवार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भाको मौसम भने सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको बताइएको छ । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएको थियो । हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077