Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनगढीमा यौन धन्दा सञ्चालन गर्ने २ होटल व्यवसायी र संलग्न ५ युवती पक्राउ

धनगढी । कैलालीस्थित धनगढी बजारमा यौन धन्दा सञ्चालन गर्ने होटलहरुमा प्रहरीले शनिबार पनि छापा मारेको छ ।

शनिबार विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले होटलहरुमा छापा मारेको हो ।

छापा मार्दा यौन धन्दा सञ्चालन गर्ने थप दुई होटल व्यवसायी र संलग्न पाँच युवती पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको फुडल्याण्ड होटल, लक्ष्मी होटलमा छापा मारिएको थियो ।

उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077