Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • धनगढीमा यौन धन्दा सञ्चालन गर्ने २ होटल व्यवसायी र संलग्न ५ युवती पक्राउ

    धनगढीमा यौन धन्दा सञ्चालन गर्ने २ होटल व्यवसायी र संलग्न ५ युवती पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.5K
    SHARES

    धनगढी । कैलालीस्थित धनगढी बजारमा यौन धन्दा सञ्चालन गर्ने होटलहरुमा प्रहरीले शनिबार पनि छापा मारेको छ ।

    शनिबार विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले होटलहरुमा छापा मारेको हो ।



    छापा मार्दा यौन धन्दा सञ्चालन गर्ने थप दुई होटल व्यवसायी र संलग्न पाँच युवती पक्राउ परेका छन् ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको फुडल्याण्ड होटल, लक्ष्मी होटलमा छापा मारिएको थियो ।

    उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार