Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रिय सभा सञ्चालन गर्ने व्यवस्था हुनुपर्छ : तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रिय सभा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

उनले बिगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको बताए । राष्ट्रिय सभाबाट पनि बजेट पारित गर्नुपर्ने व्यवस्था ल्याउनु पर्ने तर्क अध्यक्ष तिमिल्सिनाको छ ।

२०७५ सालदेखि विधेयकहरू प्रतिनिधि सभामा थन्किएको भन्दै यसले गर्दा कानुन निर्माण हुन नसकेको अध्यक्ष तिमिल्सिनाकोभनाइ रहेको छ।

यो प्रतिनिधि सभा विघटन भएर चुनावतिर गएको अवस्थामा राष्ट्रिय सभाले मेहनत साथ पारित गरेर पठाएका विधेयकहरू शून्य अवस्थामा पुग्ने भएकाले आगामी दिनमा यस्ता विषयमा ध्यान दिएर दुवै सदनलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077