Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१ करोड ६७ लाख ठगी मुद्दामा कञ्चनजङ्घा निर्माण कम्पनीका शेर्पा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले निर्माण व्यवसायी तेण्डी शेर्पालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैङ्किङ कसुरमा पक्राउ गरेको हो।

परिसर काठमाडौंले उजुरी परेपछि चैत २ गते उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

कञ्चनजङ्घा निर्माण कम्पनीका प्रमुख तेण्डी शेर्पाविरुद्ध १ करोड ६७ लाख रुपैयाँको चेक अनादर भएको उजुरी परेको छ।

उनीमाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077