Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जग्गा बैना गरी ४५ लाख ठगी गर्ने घिमिरे पक्राउ

काठमाडौं । महानगरिय प्रहरी अपराध महाशाखाले जग्गा बैना गरी ४५ लाख ५० हजार ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महाशाखाले ललितपुर महानगरपालिका–३ स्थायी घर भई हाल धुलिखेल नगरपालिका–४ काभ्रेपलाञ्चोक बस्ने ४९ वर्षिया ध्रुव प्रसाद घिमिरेलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुर जिल्ला साविक दुवाकोट गाविस–१ (ग) १ का कित्ता नं. ८०३, ७२८, ७२९ का जग्गाहरूमध्येको कि.नं. ७२८ बाट कित्ताकाट गरी प्रतिआना २१ लाखका दरले ४ आना जग्गा नापजाँच गरी राजिनामा पास गरी दिने भनि विश्वास दिलाई ४५ लाख ५० हजार ठगी गरेका थिए ।

बेलबारी नगरपालिका–३, मोरङ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने ४० वर्षिया सीमा सुवेदीले आफू ठगिएको भन्दै महाशाखामा उजुरी दर्ता गराएपछि घिमिरेलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

घिमिरे सुवेदीको नामको राष्ट्रिय बाणिज्य बैंक थापाथली शाखाको चेकबाट र ग्लोबल आईएमई बैक शंखमुल शाखाको चेकबाट पटक–पटक गरी ४५ लाख ५० हजार चेक मार्फत् रकम लिई केहि सम्पर्क विहिन भएका थिए ।

मालपोत कार्यालय भक्तपुरमा गई बुझ्दा आफूलाई बिक्री गर्ने भनी बैना गरेको उक्त जग्गा अर्कै व्यक्तिको नाममा राजिनामा पास गरी बिक्री गरेको थाहा भएपछि सुवेदीले आफू ठगिएको भन्दै महाशाखामा उजुरी दिएकी थिइन् ।

शुक्रबार साँझ दरबारमार्गबाट पक्राउ परेका घिमिरेलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077