Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन-रुस युद्ध : युक्रेनका झन्डै एक करोड मानिस घर छाडेर भागे

एजेन्सी । रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा झन्डै एक करोड जना मानिसले आफ्नो घर छाडेर भागेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गरेर रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर भागेका बताएका हुन् ।

यो सङ्ख्या युक्रेनको कुल जनसङ्ख्याको एक चौथाइभन्दा बढी हो । घर छाडेर भागेकामध्ये झन्डै ३४ लाख जना मानिस देशै छाडेर भागेका संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले जनाएको छ ।

बाँकी देशभित्रै विस्थापित भएका छन् । देश छाडेर भाग्नेमध्ये झन्डै ९० प्रतिशत महिला तथा बालबालिका रहेका छन् । युक्रेनले १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई भने देश छाडेर भाग्ने अनुमति दिएको छैन ।

यसैबीच रुसले कब्जा गरेको युक्रेनी सहरहरू खेअर्सन, काखोभका र बर्दियान्स्कका बासिन्दाले आज विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077