Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेन संकट : आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार

एजेन्सी । घेराबन्दीमा परेको युक्रेनी शहर मारिपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटम दिएको छ ।

रुसले मारिपोललाई स्थानीय समय अनुसार सोमबार बिहान पाँच बजे सम्ममा आत्मसमर्पण गर्न भनेको हो ।

तर युक्रेनले भने रुसको सो प्रस्ताव अस्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयले गरेको आत्मसमर्पणको प्रस्ताव युक्रेनले सिधै अस्वीकार गरेको हो।

आत्मसर्मपण गरेमा स्थानीय समय अनुसार बिहान १० बजेदेखि फसेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको त्यहाँको सरकारी सञ्चार संस्था रियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077