Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रिमियर लिग : वेस्ट ह्यामलाई हराउँदै टोटनह्याम विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी भएको छ ।

आइतबार राति भएको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा नै आत्मघाती गोलबाट अग्रता लिएको टोटनह्यामले खेलको २४ औं मिनेटमा सोन हेउङ मिनको गोलबाट अग्रता दोब्बर पारेको थियो ।

खेलको ३५ औं मिनेटमा गोल फर्काउँदै वेस्ट ह्यामले खेलमा फर्किने प्रयास गरे पनि ८८ औं मिनेटमा हेउङ मिनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ३–१ को जित दिलाएका हुन्।

यससँगै टोटनह्याम प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077