Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मलद्वारभित्र लुकाएर ल्याएको एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट आज पक्राउ गरेको हो ।

मेहराले मलद्वारभित्र लुकाएर ल्याएको बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077