Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान नगरेको भए उम्मेदवारी रद्द हुने खतरा थियो : आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था नगरेको भए ठूलो दुर्घटना हुने दाबी गरेको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आचारसंहिता बनाएपछि राजीनामा दिएर मात्रै उम्मेदवारी दिनुपर्ने वातावरण बनेको जानकारी दिए ।

पदमै रहेर उम्मेदवारी दिने व्यवस्था गरेको र उजुरी परेको अवस्थामा उम्मेदवारी रद्द हुने सम्भावना थियो प्रवक्ता पौडेलले भने, ‘त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर यो व्यवस्था गरियो, ताकि न्यो कानुनी व्यवस्थाको बर्खिलाप हुनेगरी उम्मेदवारी दिन नपरोस्, अथपा आयोगले यो व्यवस्था नगरेको भए ठूलो दुर्घटना हुनसक्थ्यो ।’

त्यस्तै, जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिँदा काममा असर गर्ने कुराहरु चर्चामा आएपछि त्यस्तो अवरोध नहुने उनले बताए ।

आयोगले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गराउनुपर्ने दायित्व रहेको समेत उनको भनाई छ । साथै उनले यसले उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077