Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देशले परिवर्तनसँगै विकल्प खोजे छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा देशले परिवर्तनसँगै विकल्प खोजेको बताएका छन् ।

राप्रपा चाँगुनारायण–८ वडा समितिले आज सुडालस्थित मिश्रिकोटारमा आयोजना गरेको आमसभामा उनले जनताले देश हाँक्ने दल र नेतृत्वको विकल्प खोजेको बताए ।

उनले भने, 'देश चलाइरहेका र चलाइसकेका दलहरुबाट जनताले आशा र भरोसा पाउन सकेनन्, त्यसैले जनताले विकल्प खोजेका छन्, जनताले चाहेको विकल्प राप्रपा नै हो, अबको निर्वाचनमा राप्रपा शक्तिशाली पार्टीका रूपमा उदाउने छ, त्यसका लागि तपाईं सबै नेता कार्यकर्ता जनताको घरघरमा जानुस् ।'

कांग्रेस र कम्युनिष्टले जनताको भावनानुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले जनतालाई परिवर्तनको आभाष दिन र विकास गर्न राप्रपालाई जनताले विश्वास गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077