Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी आक्रमण र नियन्त्रणविरुद्ध स्थानीय बासिन्दाद्धारा युक्रेनको खेर्सन शहरमा प्रदर्शन

एजेन्सी । रुसले कब्जामा लिएको युक्रेनको दक्षिणी शहर खेर्सनका स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका छन् ।

रुसी आक्रमण र नियन्त्रणविरुद्ध स्थानीय बासिन्दा सोमबार सडकमा उत्रिएका हुन् । तर प्रदर्शनकारीमाथि रुसी सुरक्षाकर्मीले गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा रुसी सैनिकले प्रदर्शनकारीलाई तितरवितर पार्न गोली चलाउनुका साथै बिस्फोट पनि गराएको देखिएको छ ।

घटनामा केही प्रदर्शनकारी घाइते भएका छन् । मार्च ३ मा रुसी सैनिकले खेर्सन शहर कब्जा गरेका हुन् । त्यसयता त्यहाँ लगातार युक्रेनीहरुले प्रदर्शन गर्दै आएका छन् ।

यसैबीच अमेरिकाले युक्रेन युद्धमा रुसले गरेका युद्ध अपराधका प्रमाणहरु संकलन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077