Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी राष्ट्रपतिको कार्यालयले भन्यो-'युक्रेनसँग राष्ट्रपतिस्तरको वार्ता गर्ने बेला भएको छैन'

एजेन्सी । रुसी राष्ट्रपतिको कार्यालयले रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला नभएको बताएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा वार्ताको प्रस्ताव गरेकोमा रुसी राष्ट्रपतिको कार्यालयले सिधा वार्ताको बेला भइनसकेको बताएको हो ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गरे । उनीहरूका बीचमा वार्ता हुनेगरी परिपक्व वातावरण बनिनसकेको उनको भनाइ छ ।

शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने भन्दै उनले ती त्यस्तो केही नभएको बताए । गएको फेब्रअरी २५ देखि रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077