Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव नेपालको पूर्वी भागमा देखिन सक्ने सम्भावना बढेको मौसमविद् डा. धर्मराज उप्रेतीले बताएका हुन् ।

६० देखि ७० किलोमिटर प्रतिघन्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मारमा हाल ठूलो पानी पारिरहेको र दुईदेखि तीन दिन अझै यसको वेग बढ्ने उनले बताए ।

शुक्रबारसम्ममा पूर्वी भागमा असिनापानी र हावाहुरी चल्ने सम्भावना रहेको छ । सामान्य हावाहुरी र असिना पानी परे पनि ठुलो असर भने नदेखिने मौसमविद् उप्रेतीले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077