Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्थानीय निर्वाचनमा गठबन्धन गर्न एमाले पनि आन्तरिक छलफलमा जुट्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन हुन सक्ने बताए ।

पार्टी पोलिटब्युरो बैठकमा समेत गठबन्धनका लागि सुझाव आएको बताउँदै उनले निर्णय भने अझै नभएको बताए ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग गठबन्धन बनाउने’ बारेमा अध्यक्ष ओली आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077