Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं । हाल पहाडी भू-भागमा आशिंक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहेको छ ।

देशका पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077