Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेटो बैठकलाई सम्बोधन गर्ने तयारीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो बैठकमा सम्बोधन गर्ने भएका छन् ।

उनले बिहिबार ब्रसेल्समा हुने नेटो मुलुकको बैठकमा भिडिओमार्फत सम्बोधन गर्न लागेका हुन् ।

युक्रेनमा रूसले गरेको आक्रमणबारे नेटोलाई जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्ने लागेका हुन् ।

बिहिबारको नेटो बैठकले युक्रेन आसपासका नेटो मुलुकले सुरक्षा कडा पार्ने र युक्रेनमाथि रूसको आक्रमणको विरोध गर्ने बताइएको छ । यसअघि राष्ट्रिपति जेलेन्स्कीले क्यानडा र अमेरिकी सदनलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077