Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय सहयोगमा निर्मित गुरुकुल नाट्यशाला भवनको उद्घाटन

विराटनगर । आरोहण गुरुकुलको नवनिर्मित नाट्यशाला भवनको उदघाटन भएको छ ।

मंगलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय दूतावासका द्वितीयसचिव प्रशान्तकुमार सोनाले संयुक्त रूपमा भवनको उद्घाटन गरे ।

भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरको सहयोगमा भवन निर्माण भएको हो ।

भवन निर्माणको लागत तीन करोड ५१ लाख रुपैयाँ छ ।

मेयर पराजुलीले कला, संस्कृति सम्वर्द्धनका लागि नाट्यशाला सहयोगी हुने बताए ।

नाट्यशालाका प्रमुख एवं रंगकर्मी सुनील पोखरेलले सुविधासम्पन्न नाट्यशाला निर्माणले नाट्य विधाको प्रवर्द्धनका साथै कला, संस्कृति र संस्कार उजागर गर्न बल पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077