Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतीय सहयोगमा निर्मित गुरुकुल नाट्यशाला भवनको उद्घाटन

    भारतीय सहयोगमा निर्मित गुरुकुल नाट्यशाला भवनको उद्घाटन

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.4K
    SHARES

    विराटनगर । आरोहण गुरुकुलको नवनिर्मित नाट्यशाला भवनको उदघाटन भएको छ ।

    मंगलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय दूतावासका द्वितीयसचिव प्रशान्तकुमार सोनाले संयुक्त रूपमा भवनको उद्घाटन गरे ।



    भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरको सहयोगमा भवन निर्माण भएको हो ।



    भवन निर्माणको लागत तीन करोड ५१ लाख रुपैयाँ छ ।

    मेयर पराजुलीले कला, संस्कृति सम्वर्द्धनका लागि नाट्यशाला सहयोगी हुने बताए ।

    नाट्यशालाका प्रमुख एवं रंगकर्मी सुनील पोखरेलले सुविधासम्पन्न नाट्यशाला निर्माणले नाट्य विधाको प्रवर्द्धनका साथै कला, संस्कृति र संस्कार उजागर गर्न बल पुग्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार