Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारत सरकारको अनुदान सहयोगमा निर्मित श्री माध्यमिक विद्यालय भवनको उद्घाटन

    भारत सरकारको अनुदान सहयोगमा निर्मित श्री माध्यमिक विद्यालय भवनको उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा निर्मित श्री माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले आज कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

    उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद बृजेशकुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।



    शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ३ करोड ४० लाख नेपाली रुपैयाँ लागतमा यस परियोजनाको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने परियोजनाहरु मध्येको एक भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    श्री माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाको एक पुरानो विद्यालय हो । यस नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्दै आएको छ ।

    सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न गराइसकेको छ । तीमध्ये कपिलवस्तु जिल्लाका पाँचसहित लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

    भारत र नेपालबीच लामो समयदेखिको बलियो विकास साझेदारी रहिआएको छ जसले दुई देशबीचको निकटतालाई प्रतिबिम्बित गर्ने पनि दूतावासको भनाई छ । दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्नेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार