Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतबाट आयात हुने विद्युत् ७० प्रतिशतले घट्याे

काठमाडौं । भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ ।मूल्य आकासिएर किन्न नसकेपछि यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ ।

नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले दैनिक १२ हजार मेगावाटरआवर बिजुली भारतबाट ल्याउनुपर्ने बताए ।

तर, भारतमा बिजुली चरम रुपमा महगिंदा आयात गर्न कठिन भएको उनले बताए । यसले गर्दा प्राधिकरणले उद्योगहरुमा दिने बिजुली कटौती गर्न थालेको छ ।

युक्रेन(रुस युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य आकासिएको छ । भारतबाट नेपालले प्रतिस्पर्धी दरमा विद्युत किनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077