Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • यस्तो छ एमालेको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

    यस्तो छ एमालेको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि आउँदो वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    उक्त घोषणापत्रमा पार्टी केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरू समावेश गरिने भएको छ ।



    काठमाडौंमा जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।



    स्थानीय तहले केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर उपलब्धि, पार्टी पराजित भएका ठाउँमा विगतमा पार्टीले गरेका प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेका कारण समेटेर प्रतिबद्धतापत्र तयार गर्नुपर्ने भएको छ ।

    ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा स्थानीय तहका जनप्रतिनिधिहरु पुनः उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्थाको विरोध गरिएको छ ।

    ओलीले अहिलेको चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रहको रुपमा हुन गइरहेकाले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार