Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लेटाङ घटना : सोमबारदेखि जारी गरिएको कर्फ्यू बिहीबारबाट हट्ने

काठमाडौं । महिला प्रहरी जवानको मृत्युपछि मोरङको लेटाङमा जारी गरिएको कर्फ्यू बिहीबार बिहानदेखि हट्ने भएको छ । लेटाङको चार किल्ला सीमानाभित्र जारी गरिएको अनिश्चितकालीन कर्फ्यू बिहीबार बिहान ६ बजेदेखि हट्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार सूचना जारी गर्दै सो जानकारी गराएको हो । स्थानीय विद्यालयका एक शिक्षकले बालिका विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आइतबार हिंसा भड्कदा लेटाङमा एक प्रहरीको मृत्यु भएको थियो । त्यसपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो ।

सोमवार बिहान ७ बजेदेखि अर्को निर्णय नहुञ्जेलसम्मका लागि भन्दै लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । भने यौन दुर्व्यवहार आरोप लागेका शिक्षकलाई हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077