Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले नेतृ रञ्जु ठाकुर जसपामा प्रवेश

सप्तरी । नेकपा एमालेकी नेतृ तथा पूर्व मन्त्री रञ्जु ठाकुर जनता समाजवादी (जसपा) मा नेपालमा प्रवेश गरेकी छन् ।

सप्तरी सदरमुकाम राजविराजमा बुधबार जसपाले सप्तरीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनी जसपा प्रवेश गरेकी हुन् ।

यसअघि एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत भएकी थिइन् ।

सो कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण प्रधानसहितका नेताहरु पनि जसपा प्रवेश गरे ।

नव प्रेवशिहरुलाई जसपाका अध्यक्ष उपोन्द्र यादव लगायतका शिर्ष नेताहरुले उनीहरुलाई स्वगत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077