Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ब्रसेल्समा रुसविरुद्ध मोर्चावन्दी गर्दै अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र युरोपेली गठबन्धनबीच बिहीबार ब्रसेल्सका बैठक हुँदैछ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनको युद्ध र सर्वसाधारणमाथि बढ्दो आक्रमणविरुद्ध नयाँ उपायहरुको खोजी गर्ने लक्षित गर्न बैठकले संयुक्त मोर्चावन्दी गर्नेछ ।

बुधवार ब्रसेल्स पुगेका बाइडेनको युद्ध रोकथाम प्रयास, मानवीय उद्धार र रुसविरुद्धको नाकावन्दी अभियानबारे उत्तर एटलान्टिक सन्धि संगठन (नेटो), युरोपेली संघ (ईयू) र प्रभावशाली सात राष्ट्र समूह (जि –सेभेन) का नेतासँग छलफल गर्ने योजना छ ।

युक्रेनमाथि आक्रमण शुरु गरिनासाथ अमेरिका र युरोपेली संघले रुसका विभिन्न व्यक्तिलगायत संघसंस्थामाथि नाकावन्दी लगाएका थिए ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभानले बाइडेनले रुसमाथि थप नयाँ नाकावन्दी लगाउने तथा हाल लगाइएका नाकावन्दीलाई अझै कडा पार्ने विषयमा आफ्नो गठबन्धनसँग छलफल गर्ने मंगलवार बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077