Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिफा अन्तर्राष्ट्रिय खेल : नेपाल र थाइल्याण्ड आज भिड्दै

काठमाडौं । नेपालले आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको बलियो टोली थाइल्यान्डविरूद्ध नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार आज साँझ पौने ६ बजेबाट सुरू हुनेछ।

हाल थाइल्यान्ड फिफा वरियताको एक सय १२ औं स्थानमा छ भने नेपाल एक सय ६७ औं स्थानमा छ।

आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077