Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो यी ५ कम्पनीसँग स्पष्टीकरण [सूचीसहित]

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीको सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई स्पष्टीकरण मागेको छ ।

काम सन्तोषजनक नभएका अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र शिवराम कन्स्ट्रक्सन प्रालि दोलखालाई स्पष्टीकरण सोधिएको हो ।

अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालिलाई सुर्खेतको चौकुने गाउँपालिकाले, अभिषेक निर्माण सेवालाई सडक डिभिजन दाङले, श्रेष्ठ निर्माण सेवालाई सडक पूर्वाधार विकास कार्यालय पाल्पाले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका थिए ।

यसैगरी बीटी निर्माण सेवा र शिवराम कन्स्ट्रक्सन प्रालिलाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077