Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला १ लाख ३०० रुपैयाँमा हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९९ हजार ८०० रुपैयाँमा कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँमा बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077