Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रेमको विषयमा विवाद हुँदा खुकुरी प्रहार, पाँच जना पक्राउ

काठमाडाैं । आर्थिक कारोवार तथा प्रेम सम्बन्धी कुरामा विवाद हुँदा दुई समूहबीच खुकुरी हानाहान भएको छ । खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेका ५ जनालाई अपराध महाशाखाद्वारा खटिएकाे प्रहरी टालीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजेश बुढाथोकी, रोशन लामा, पुकार के.सी. प्रविण नेपाल र संजिव मोक्तान रहेका छन् ।

बुधबार ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय सुरज खड्कालाई काठमाडौँ शंखमुल पुल नजिक फलफूल पसल अगाडि दोलखा, नाम्दु घर भई हाल काठमाण्डौं जडिवुटी बस्ने विकाश लामा समेतको ८र९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी कुरामा विवाद खुकुरी प्रहार गरेको थियो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट खुकुरी र मोटरसाइकलसमेत बरामद गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077