काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आउँदो स्थानीय तहको चुनावमा कुनै पनि पार्टीसँग तालमेल हुन सक्ने बताएका छन् ।
बिहीवार पर्साको वीरगञ्जमा चुनाव लक्षित गरी आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले आवश्यकताअनुसार जिल्लाका नेताहरूले पनि चुनावी तालमेल गर्न सक्ने बताएका हुन् ।
उनले भने, ‘गठबन्धन नै गर्नुपर्छ भन्ने चाहिँ होइन, त्यस्तै परे कुनै पार्टीसँग चुनावको समयमा गठबन्धन हुन सक्छ । हामीले गठबन्धनको राजनीतिका लागि बढी जोड गरेका छैनौँ । भविष्यमा आवश्यकताअनुसार गठबन्धनको सम्भावना रहेकाले कुनै पनि दलसँग गर्न सकिन्छ ।’
वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै नेता महतोले मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाए ।