Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकपको छनोटबाट इटाली बाहिरियो, नर्थ म्यासेडोनिया र पोर्चुगल विश्वकपको छनोट नजिक

काठमाडौं । इटाली विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ ।

विश्वकप छनोटको प्ले अफअन्तर्गतको सेमिफाइनलमा नर्थ म्यासेडोनियासँग पराजित हुँदै इटाली बाहिरिएको हो ।

नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो । नर्थ म्यासेडोनियाको जितका लागि एलेक्सान्डर ट्राजकोभ्स्कीले गोल गरेका थिए ।

अब नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान पक्का गर्न प्ले अफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ ।

यस्तै बिहीबार राति नै भएको अर्को खेलमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077