Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

औषधि विभागलाई ६५० एमजीको सिटामोल बनाउन अनुमति

काठमाडौं  । सरकारले औषधि व्यवस्था विभागलाई ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ ।

बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न  विभागलाई अनुमति दिएको हो ।

६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको विज्ञले बताएपछि ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भएको विभागले जनाएको छ ।

डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने छ ।

औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077