Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • २४ घण्टा नबित्दै अपहरित बालिकाको सकुशल उद्धार, ४ राउण्ड हवाई फायर

    २४ घण्टा नबित्दै अपहरित बालिकाको सकुशल उद्धार, ४ राउण्ड हवाई फायर

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । धनुषा प्रहरीले अपहरण भएको २४ घण्टा नबित्दै एक बालिकालाई सकुशल उद्धार गरेको छ ।

    बिहीबार साँझ करिब ७ बजे जनकपुरधामको पुल्चोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले शुक्रवार दिउँसो करिब ५ बजे धनुषाको बिदेह नगरपालिका वडा नम्बर ८ बफैबाट अपहरणमुक्त गराएको हो ।



    अपहरणमा संलग्न एक महिलासहित ४ जनालाई पक्राउ समेत गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।



    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरण मुक्त गराइएको र अपहरणकारीलाई पक्राउ गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पुल्चोकका ध्रुव मण्डलको ४ वर्षीया छोरीलाई घरमा खेल्दै गर्दा अपहरण गरिएको थियो । अपहरणकारीले शुक्रबार बिहान फरक–फरक नम्बरबाट फोन गरी १५ लाख फिरौती माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार