Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकप छनोट : भेनेजुएलामाथि अर्जेन्टिनाको शानदार जित

    विश्वकप छनोट : भेनेजुएलामाथि अर्जेन्टिनाको शानदार जित

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1K
    SHARES

    एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गत भेनेजुएला अर्जेन्टिनासँग पराजित भएको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेसीले एक-एक गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरूआती अग्रता दिलाएका थिए ।



    पहिलो हाफमा १-० ले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप २ गोल गर्‍यो। खेलको ७९ औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।



    त्यसपछि खेलको ८२ औं मिनेटमा कप्तान मेसीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए । यो जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार