Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शनिबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार अहिले पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।

दिउँसो भने प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थान र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। यस क्रममा प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि छ।

महाशाखाका अनुसार आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थान र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै देशका पहाडी भेगमा सुक्खा हावा चल्ने सम्भावना रहेको समेत मौसमविद्ले बताएका छन् ।

दिउँसो गर्मीले जमिन तात्ने हुनाले बेलुकातिर सुक्खा हावा चल्ने सम्भावना रहेको मौसमविद्को भनाई छ । विषेशगरी प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा खण्डखण्ड रुपमा हावा चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077