Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रमोद साहमाथि भएको सांघातिक आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाँण

काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा शनिबार बिहाने साहमाथि आक्रमण भएको थियो ।

घाइते साहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने आश्वासन दिएका हुन् ।

'माननीय प्रमोद साहमाथि भएको आक्रमणको छानबिन हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ।’ भेटमा गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077