Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भूभागमा आशिंक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ ।

देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । गर्मीका कारण हुन सक्ने असरबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077