Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओली र चीनका विदेशमन्त्री यीबीच शिष्टचार भेट, दुईपक्षीय आपसी हितबारे छलफल

    एमाले अध्यक्ष ओली र चीनका विदेशमन्त्री यीबीच शिष्टचार भेट, दुईपक्षीय आपसी हितबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशीमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    आइतबार बिहान ओली र वाङबीच काठमाडौंको मेरियट होटेलमा भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको बताइएको छ ।



    भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरूको पनि सहभागिता रहेको थियो । वाङले आजै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित पनि भेटवार्ता गर्नेछन् ।



    यसअघि आजै चिनियाँ विदेशीमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेका थिए । तीनदिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार