Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा

    चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालको तीनदिने भ्रमण सम्पन्न गरी चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको विश्लेषण कूूटनीतिक क्षेत्रको छ । यस भ्रमणले एक–अर्कामा कुनै पनि संशय अन्त्य गर्न मद्दत मिलेको राय राजनीतिक विश्लेषकको छ ।

    नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय कूटनीतिक सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य, एक–अर्काको समान हैसियतलाई प्राथमिकता दिँदै आएको छ ।



    चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य भन्छन्, “चीनका विदेशमन्त्री वाङ नेपाल बुझेका राजनीतिज्ञ हुनुहुन्छ । नेपाल र नेपालीप्रति सद्भाव राख्नुहुन्छ भन्ने कुरा मैले उहिल्यै चाल पाएको थिएँ ।” उनले करिब २४ वर्षअघि वाङसँग समकक्षीको भूमिकाका काम गर्दाको अनुभव स्मरण गर्दै भने, “वाङ नेपाल मामिलामा अधिक जानकारी राख्नुहुन्छ ।”



    नेपाल–चीन सम्बन्ध कसैले चाहेर पनि तोडिन नसक्ने आचार्य बताउछन्। उनी भन्छन्, “नेपालको सार्वभौमिकताको सम्मानमा चीनले नेपाललाई पहिलो प्राथमिकतामा राख्छ । अनि एक चीन नीतिप्रति नेपाल सदैव अडिग रहन्छ ।” गोरखा पत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार