Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हरियो रुख ढपक्क पार्ने निर्वाचन आयोगको निर्णय आपत्तिजनक हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले चुनाव चिन्हमा हरियो रङ राख्नु आपत्तिजनक विषय भएको बताएका छन् ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले राजनीतिक दलहरूसँग परामर्श नगरी एउटा दलको फाइदाका लागि आयोगले मतपत्रको रङ बदल्ने निर्णय गरेको आरोप लगाएका हुन् ।

‘मत पत्रको रङ बदल्नै पर्छ,’ ? ‘ यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलप गर्न मिल्दैन । हामीले आपत्ति जनाउँदा जनाउँदै बलमिच्याइ किन ? ’ उनले भने ।

ओलीले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत अरोप लगाए।‘निर्वाचन आयोगले हरियो रङ छान्यो, यो एउटा संकेत हो,’ उनले भने, ‘हरियो रङ लगाउँदा छर्लङ्ग देखिने रहेछ भन्ने कुरा आयोगले गर्‍यो। सूर्यमा हरियो रङ लगाउँदा कसरी प्रष्ट देखिने रहेछ ? हरियो रुख ढपक्क पार्ने निर्वाचन आयोगको निर्णय आपत्तिजनक हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077