Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

स्रोत नखुलेको ५५ लाख सहित दुईजना पक्राउ

महोत्तरी । स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औराही नगरपालिका २ बस्ने २१ वर्षीय धीरजकुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय रमेशकुमार सहनी रहेका छन् ।

औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वर सडक खण्डबाट उनीहरुलाई ५५ लाख नगद सहित पक्राउ गरिएको प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरुको साथबाट ज ९ प ८२४७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको पंगेनीले बताए । बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077