Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युक्रेनलाई दुई भागमा विभाजन गर्न खोजेको आरोप

एजेन्सी । युक्रेनको मिलिटरी इन्टेलिजेन्सका प्रमुखले रुसले युक्रेनलाई टुक्राउन चाहेको दाबी गरेका छन् ।

पूरै युक्रेन कब्जा गर्न असफल भएपछि रुसले युक्रेनलाई टुक्राउन चाहेको सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले दाबी गरेका हुन् ।

'उत्तर र दक्षिण कोरिया जस्तै रुसले युक्रेनलाई विभाजित गर्न चाहन्छ,' उनले भने । युक्रेनले रुसको कब्जामा रहेको क्षेत्रमा चाँडै छापामार युद्ध सुरु गर्न लागेको पनि उनले बताए ।

रुसी सेनाले राजधानी किभलाई घेराबन्दी गरेको छ । तर, पछिल्ला केही दिनदेखि रुसी सेना अगाडि बढ्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077