Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा धारणा राख्ने क्रम जारी, अर्को बैठक सोमबार बस्ने

काठमाडौं । आज आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । सोमबार पुनः बस्नेगरी आइतबारको बैठक सम्पन्न भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबारको बैठकमा केन्द्रीय सदस्य एन.पी. साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, सरिता प्रसाई, अमृत अर्याल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी र ध्रुव वाग्लेले धारणा राखेका थिए ।

यस्तै बैठकमा महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर के.सी., उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार के.सी, अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी., सुशीला ढकाल, रुपा वि.क., विद्यादेवी तिमिल्सीना र जीवन रानाले धारणा राखेको उनले बताए ।

काँग्रेसले वैशाख ३० गतेको स्थानीय चुनाव लक्षित ‘घर–घर जाऊ, काँग्रेस जिताऔं’ अभियान चलाएको छ । घोषणापत्र तयारीका लागि महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ । पछिल्लो काँग्रेस बैठकमा प्रदेशको अवस्था र परिस्थितिबारे रिपोर्टिङ भएको थियो । चैत ११ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राखेका थिए भने प्रदेशगत रिपोर्टिङ भएको थियो ।

चैत ११ गतेको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यले आइतबार धारणा राखेका हुन् । बैठकमा अधिकांश केन्द्रीय सदस्यले सरकारका काम, आगामी चुनाव र चुनावी गठबन्धनको विषयमा विचार राखेका हुन् । अर्को बैठक सोमबार बिहान साढे ११ बजे बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077