Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रमोद साहमाथि भएको आक्रमणबारे निष्पक्ष छानबिन गरेर अपराधीमाथि कारबाही गर्न माग

काठमाडौं । समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीका प्रमुख सचेतक प्रमोद साहको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।

घाइते साहलाई अस्पताल पुगेर भेटेका भट्टराईले आक्रमण सुनियोजित देखिएकोले दोषीमाथि कारबाही गरिनुपर्ने माग गरेका छन् ।

‘सर्लाहीमा सांघातिक आक्रमणमा परी अस्पताल भर्ना हुनुभएका जसपा प्रमुख सचेतक प्रमोद साहको शीघ्र स्वास्थ्यलाभको कामना,’ भट्टराईले भनेका छन्,‘घटनाको भिडियो फुटेजअनुसार आक्रमण सुनियोजित देखिन्छ। सरकारले घटनाको निष्पक्ष छानबिन गरेर अपराधीहरूमाथि कडा कारबाही गरोस्।’

सर्लाहीको ईश्वरपुर नगरपालिकामा गत शनिबार बाटो विस्तार गर्ने विषयमा दुई समूहबीच भएको झडपमा साहमाथि आक्रमण भएको थियो।

यो घटनामा नेकपा एमालेका कार्यकर्ताको संलग्नता रहेको जसपाले विज्ञप्ति निकालेर दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077