Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुससँगको वार्तामा हाम्रो प्राथमिकता सार्वभौमसत्ता र अखण्डता हुनेछ : जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने बताएका छन् ।

युक्रेन र रुसबीच आउँदो हप्ता टर्कीमा वार्ता हुँदैछ । जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनको सुरक्षाको प्रभावकारी प्रत्याभुति वार्ताको प्रमुख मुद्दा हुनेछ।’

‘पक्कै पनि हाम्रो उद्देश्य शान्ति र हाम्रो देशमा फेरि पनि सामान्य जीवनमा फर्किनु हो सम्भव भएसम्म चाँडो’, उनले भनेका छन् ।

यसअघि एक रुसी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन तटस्थ राष्ट्रका रुपमा रहनेबारे छलफल गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077