Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

    क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । क्यानडा कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ । विश्वकप छनोटअन्तर्गत आज स्मपन्न खेलमा जमैकालाई ४–० ले हराउँदै क्यानडा विश्वकपमा छनोट भएको हो ।

    क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि उसले १९८६ को विश्वकप खेलेको थियो ।



    घरेलु मैदान बिएमओ फिल्डमा भएको खेलमा केली लारिन, टाजोन बुचानन, जुनियर होइलेट र जमैकाका एड्रियन मारिप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले ४–० को सहज जित निकालेको हो ।



    यो जितसँगै कोन्काफ क्षेत्रको शीर्ष स्थानमा रहेको क्यानडाले १३ खेलमा २८ अंक जोड्दा पराजित जमैका समान खेलबाट ८ अंकका साथ जमैका सातौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार