Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कैलालीबाट ३६ लाख मूल्य बराबरको सुनचाँदीका गहना बरामद

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले भन्सार छलीका ३६ लाख मूल्य बराबरका गरगहना बरामद गरेको छ ।

मंगलबार धनगढी उमहानगर–२ मित्रनगरबाट ३६ लाख ८ हजार ३९० मूल्य बराबरका सुनचाँदीका गरगहना बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२, त्रिनगरबाट सुनचाँदीका गरगहना बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटरका अनुसार ४३१ ग्राम सुन २०७ ग्राम चाँदीका गहना बरामद गरिएको हो । बरामद गरगहना राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाउने तयारी रहेको हेडक्वाटरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077